आलिया भट्टको दिनचर्याले सद्गुरु अचम्मित, प्रश्न- ‘तपाईं बाँच्नु कहिले हुन्छ?’

photocollage_202641418834164

चेन्नई: बलिउड अभिनेत्री आलिया भट्ट र आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव बीचको एक संवादमा ‘निद्रा’ र ‘जीवन’ सम्बन्धी रोचक बहस भएको छ।
एक कार्यक्रममा आलियाले आफू दैनिक ८-९ घण्टा सुत्ने गरेको बताउँदा सद्गुरु अचम्मित परे। उनले प्रश्न गरे, “दिनको यति ठूलो समय सुत्दा तपाईं बाँच्नु कहिले हुन्छ?”
सद्गुरुले आफू भने दैनिक ४–५ घण्टा मात्र सुत्ने गरेको बताए। उनका अनुसार कम निद्राले जीवनलाई बढी समय दिन सकिन्छ। “निद्रा घटाउनु भनेको जीवनका लागि थप समय निकाल्नु हो,” उनले भने।
यसमा आलियाले भने आफूलाई राम्रो निद्रा लिन मन पर्ने बताइन्। “मलाई सुत्न मन पर्छ। कहिलेकाहीँ ८ घण्टा सुतेपछि पनि थप आराम गर्न मन लाग्छ,” उनले भनिन्।
सद्गुरुले निद्रा र तनावबीचको सम्बन्धबारे पनि चर्चा गर्दै मानिसहरू दिनभरि तनावमा रहने भएकाले बढी थकान महसुस गर्ने र त्यसपछि आराम खोज्ने गरेको बताए। उनले भने, “हामीलाई निद्राप्रति होइन, त्यसबाट प्राप्त हुने आरामप्रति आकर्षण हुन्छ।”
संवादका क्रममा आलियाकी छोरी राहाको पनि चर्चा भएको थियो। सद्गुरुले बालबालिकाबाट सिक्ने बानी विकास गर्न सुझाव दिँदै भने, “बालबालिका जीवनसँग अझ नजिक हुन्छन्, त्यसैले उनीहरूबाट सिक्नुपर्छ।”

About Author

Advertisement