खेल मन्त्रालय पुरस्कार चयन नीतिमा फेरबदल गर्ने सोचमा

IMG-20260414-WA0080

नयाँ दिल्ली: राष्ट्रिय खेल पुरस्कारहरूमा अझ धेर पारदर्शिता ल्याउनको साथै हरेक वर्ष हुने विवादहरूबाट बाँच्नको निम्ति खेल मन्त्रालयले मेजर ध्यानचन्द खेल रत्न, अर्जुन पुरस्कार र द्रोणाचार्य पुरस्कारको चयन नीतिमा परिवर्तन गर्ने तयारी शुरु गरेको छ। खेल मन्त्रालय सूत्रबाट थाहालागे अनुसार, पुरस्कार पाउने योग्य उम्मेद्वारहरूले आवेदन गर्न आवश्यकता नपर्ने सोचको साथ नयाँ नीतिलाई तयार गरिँदैछ। जसरी ओलम्पिक, वर्ल्ड च्याम्पियनशीप, कमनवेल्थ र एशियन गेम्समा पदक जित्ने खेलाड़ीहरूलाई खेल मन्त्रालयले तत्काल नगद पुरस्कार प्रदान गर्छ, त्यसरी नै यी खेलहरूमा पदक जित्ने खेलाड़ीहरूलाई अंकको आधारमा पुरस्कारको निम्ति प्राथमिकता दिइनेछ। सूत्रले बताएअनुसार, पुरस्कार चयन नीतिमा हुने परिवर्तन चाँड़ै आधिकारिक हुनेछ। नयाँ नीतिअन्तर्गत खेलाड़ीहरूका प्रदर्शनको आधारमा उनीहरूका अंक निर्धारित गरिनेछ। त्यसपछि सूचीलाई मन्त्रालयको तर्फबाट गठित चयन समिति समक्ष राखिनेछ। वर्तमान नीति अनुसार, सबै खेलाड़ीहरूले अर्जुन र खेल रत्नको निम्ति आवेदन गर्नु पर्छ। आवेदनको आधारमा मन्त्रालयको तर्फबाट गठित चयन समितिले खेलाड़ीहरूका चयन गरेर खेल मन्त्रालयलाई उनीहरूलाई पुरस्कार दिने सिफारिश गर्छ। यसपालीको राष्ट्रिय खेल पुरस्कारहरू अहिलेसम्म दिइएको छैन। चयन समितिले २४ जना खेलाड़ीलाई अर्जुन पुरस्कार दिने सिफारिश गरेको छ। मन्त्रालय सूत्रबाट थाहालागे अनुसार, चयनित खेलाड़ीहरूका सूची खेल मन्त्रीसँग रहेको छ तर त्यसको पुनर्मूल्यांकन गरिँदैछ। मन्त्रालयले प्रतिष्ठित अर्जुन पुरस्कार जोसुकैलाई नदिइने बताएको छ। यसलाई ध्यानमा राखेर नै मन्त्रालयले चयन नीति बदलिने फसेला गरेको छ।

About Author

Advertisement