प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर धेरै उत्साहित र सकरात्मक बन्नुको साथै ऊर्जा मिलेको छ: सोनाम लामा

IMG-20260412-WA0068

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आईतवार सिलगढीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर धेरै उत्साहित बनेका छन्। सिलगढीको कावाखालीमा आयोजित भारतीय जनता पार्टीको जनसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर बंगालका केही जिल्लाका भाजपा प्रार्थीेको पक्षमा सम्बोधन गरेका थिए। यसावधि प्रधानमन्त्री नरेन्द्र मोदीसित पहाडका तीनजना उम्मेद्वारहरु क्रमैले दार्जिलिङका नोमन राई, खरसाङका सोनाम लामा र कालेबुङका भरत छेत्रीले भेट गरेका थिए। यी तीनजना उम्मेद्वारहरु लगायत सिलगढीका शंकर घोष, मतिगढा नक्सलबारीका आनन्दमय बर्मन, फाँसीदेवाका दुर्गा मुर्मु, फुलबारी डापग्रामका शिखा च्याटर्जी लगायत अन्यहरुले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर उत्साहित बनेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको एउटै मञ्चमा उँभिन पाएर भारतीय जनता पार्टीका उम्मेद्वारहरु निक्कै उत्साहित बनेका छन्। यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको भेटपछि खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आफुमा धेरै ऊर्जा मिलेको बताए।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पाउनु एकदमै ठूलो कुरा रहेको र धेरै उत्साहित बनेको साथै धेरै ऊर्जा मिलेको छ।’ लामाले अघि भने, प्रधानमन्त्री नरेन्द्र मोदीले आफुहरुलाई भेटेर जीतको मन्त्र दिए।‌ जितेर आउने शुभकामना दिए।‌ प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर काम गर्ने ऊर्जा प्राप्त हुनुको साथै जीतप्रति धेरै सकरात्मक र आशावादी रहेको छु।’

About Author

Advertisement