फ्रान्सेली प्रतिनिधिमण्डलद्वारा सिक्किम भ्रमण सम्पन्न

n70820371317760122127799bade04913fa2a4f6db26a3a9ad2bb9b64f0baa57ce455c46942b623c29951a5

गान्तोक: सिक्किम भ्रमणमा आएको फ्रान्सेली प्रतिनिधिमण्डलको औपचारिक भ्रमण सम्पन्न भएको छ। प्रतिनिधिमण्डलको अगुवाई भारतका लागि फ्रान्सका राजदूत थिएरी माथौ ले गरेका थिए।
गान्तोक प्रवासका क्रममा प्रतिनिधिमण्डलले नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजी मा आयोजित प्रदर्शनी एवं सङ्गोष्ठीमा सहभागिता जनाएको थियो। यसका साथै, आधिकारिक संलग्नताको भागका रूपमा उनीहरूले विभिन्न सांस्कृतिक तथा धार्मिक महत्वका स्थलहरूको समेत अवलोकन गरेका थिए।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विद्वानहरू तथा सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गर्दै आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल समेत गरेको जनाइएको छ।

About Author

Advertisement