दार्जिलिङ: दार्जीलिङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार विजय कुमार राईको पक्षमा पार्टी अध्यक्ष अनित थापाले दार्जिलिङमा चुनाव प्रचार गरेका छन्। यसावधि उनले दार्जिलिङका जनतासित व्यक्तिगत रूपमा भेट्दै बिजयकुमार राईलाई भोट दिएर जिताउने आह्वान् पनि गरेका छन्। उक्त चुनाव प्रचारको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले पैदल यात्रा गर्दै मानिसहरुलाई भेट्दै बिजयकुमार राईलाई जिताउने आह्वान् गरेका थिए। यस चुनाव प्रचारको समयमा पत्रकारहरुलाई सम्बोधन गर्दै अनित थापाले भने, बीजेपीसँग मानिसको विश्वास नै हराएको छ। भिजन अनि एजेण्डा नै छैन विपक्षको। उनीहरु हार्छ हामीसँग। हामी मानिसलाई भिजन देखाएर भोट माग्छौँ। अरूले अनित थापाको विरोध गरेर भोट माग्छ।’

उनले अघि भने, ‘अहिले मान्छेहरूले टर्च लाइट मात्र पक्रने भएको छ। पहाडको कुना कुनामा टर्च लाइट बल्ने छ। दार्जिलिङमा हुने त्रिकोणीय फाइटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई नै फाइदा छ।’









