खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा यसपाली आयोजना भईरहेको पहिलो वैशाख कार्यक्रम जातीय सांस्कृतिक झाँकीहरु र सांस्कृतिक शोभायात्राको साथमा गरिने भएको छ। उक्त सांस्कृतिक शोभायात्रा कार्यक्रम संस्थानको कार्यालय चिन्तन भवन नजिक खरसाङको आईएनए बस टर्मिनलदेखि शुरु हुने भएको छ। यस विषयलाई लिएर गोर्खा सांस्कृतिक संस्थान् खरसाङका पदाधिकारीहरु उपस्थित भई पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत रुपमा जानकारी गराइएको छ। उक्त कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै संस्थानकी अध्यक्षा आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएकी छन्। उनले बताए अनुसार उक्त सांस्कृतिक शोभायात्रा पहिला खरसाङको रेलवे स्टेशनबाट शुरु हुने भनिएको भए पनि अब उक्त सांस्कृतिक शोभायात्रा खरसाङको बस टर्मिनलदेखि शुरु गरिने भएको छ। उक्त सांस्कृतिक शोभायात्रा बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर विभिन्न सांस्कृतिक कार्यक्रममा परिणत हुने भएको छ। यसको साथै सम्वर्ध्दना कार्यक्रम पनि आयोजना गरिने भएको छ। आगामी १४ अप्रेल अर्थात् पहिलो वैशाखको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरुसितै पहिलो वैशाख कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा, सचिव प्रनिता मुखिया घिसिङ, उपाध्यक्षा बिजया ब्लोन, कोषाध्यक्षा मिना मोक्तान, वरिष्ठ कार्यकारी सदस्या बसुन्धरा शर्मा, कार्यकारी सदस्या राणु थापा र कल्पना छेत्री उपस्थित रहेका थिए। पहिलो वैशाख कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले बताए अनुसार नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आगामी १४ अप्रेल अर्थात् पहिलो वैशाखको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरुसितै पहिलो वैशाख कार्यक्रम आयोजना गरिने भएको छ। उनले गत वर्षहरु झैं यसपाली पनि गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा सांस्कृतिक शोभायात्राको साथमा पहिलो वैशाख कार्यक्रम आयोजना गरिने जानकारी गराएकी छन्। उक्त कार्यक्रममा यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट मुर्जुङ्गा र बिनायकवादक एंव जातीय सांस्कृतिक अभियन्ता पद्माश्री प्रापक सिक्किमका नरेश गुरुङ, जातीयवादक सारङ्गीवादक प्रेम गन्धर्वलाई सम्बर्ध्दना जनाइने भएको जानकारी गराएकी छन्। उनले अझैं एकजनाको नाम पछिबाट सार्वजनिक गरिने बताएकी छन्। त्यसरी नै गोर्खा सांस्कृतिक संस्थान् खरसाङको लागि लामो समयदेखि योगदान दिन्दै आईरहेका वरिष्ठ सदस्यहरुलाई पनि सम्ममा गरिने भएको छ।










