खरसाङ: श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेशनद्वारा लाब्दा बस्तीका क्यान्सर पीडित बिरामी लक्ष्मी गुरुङलाई आर्थिक सहयोग प्रदान गरेको छ। प्राणनाथ परमार्थ सेवा फाउण्डेशन मङपूले अहिलेसम्म ११ जना क्यान्सर पीडित परिवारलाई आर्थिक सहयोग गर्दै आईरहेको छ। लाब्दा ग्राम पञ्चायत अन्तर्गत लाब्दा बस्ती सुनाखरी “ख” समाजले समाजको एकजना सदस्य लक्ष्मी गुरुङ क्यान्सर जस्तो घातक रोगले ग्रस्त भएको कारण उनको उपचारको निम्ति धेरै रकम लाग्ने भएको कारण मङपू “श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेसन” लाई आर्थिक सहयोगको अपील गरेका थिए भने संस्थाका सचिव हरिलाल छेत्री, सभापति एचडी मोक्तान, उप सभापति मन्जीत थापा, कोषाध्यक्ष अनुप राई लगायत प्रचार – प्रसार सचिव आनन्द राईले बिरामी लक्ष्मी गुरुङको बासस्थानमा पुगेर उनको चाडो स्वास्थ्य लाभको कामना गर्दै उनका पति शम्शेर गुरुङलाई हातमा बीस हजार रुपियाँ प्रदान गरे। यसरी सुनाखरी समाज “ख” का सदस्य प्रेरणा गुरुङले श्री प्राणनाथ परमार्थ सेवा फाउन्डेसन मङपूप्रति बिरामीलाई आर्थिक सहयोग पुराएकोमा आभार व्यक्त गरिन्।










