युवाहरुलाई रोजगार दिने वाचाको साथमा मोहन शर्माले निर्दलीय उम्मेद्वारको रूपमा बुझाए नामांकन पत्र

IMG-20260404-WA0092

खरसाङ: युवाहरुलाई रोजगार दिने वाचाको साथमा सिलगढीको दार्जिलिङ मोड निवासी मोहन शर्माले खरसाङ विधानसभा समष्टिमा निर्दलीय उम्मेद्वारको रुपमा आफ्नो नामांकन पत्र बुझाएका छन्।‌ मानव संसाधन क्षेत्रमा विगत १३ वर्षदेखि लगातार रुपमा काम गर्दै आएका साथै ८ हजार युवाहरुलाई रोजगार प्रदान गरिसकेका मोहन शर्माले खरसाङ क्षेत्रमा रहेका युवाहरुलाई रोजगार दिने वाचाको साथमा खरसाङ विधानसभा समष्टिबाट चुनावी मैदानमा उत्रिएका छन्। शनिवार आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै निर्दलीय उम्मेद्वार मोहन शर्माले भने,‌म‌ हारे भने पनि जिते पनि मैले वाचा गरेको सबै कामहरु गर्न तयार छु। आफु मानव संसाधन क्षेत्रमा काम गर्ने भए पनि युवाहरुलाई रोजगार दिने वाचाको साथमा चुनावी मैदानमा उत्रेको छु। किनभने राजनीतिमा रोजगार समस्या हो र यसलाई समाधान गर्न म आएको हो।’
मोहन शर्माले अघि भने, म भूमि पूत्रमा विश्वास गर्दिन तर गोर्खा पूत्रमा‌ विश्वास गर्छु। म गोर्खाको छोरा छोरी हुनुमा विश्वास गर्छु। म खरसाङमा आएर रोजगारको लागि काम गर्न चाहान्छु। मैले 8 हजारलाई रोजगार दिईसकेको छु र विधायक भएपछि अझ दश गुणा बढी काम गर्न सक्छु। विधायक भएपछि कत्तिको काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहान्छु।’
उनले अझ भने, अहिले खरसाङ विधानसभा समष्टि एकदमै भिन्नै र प्रतिस्पर्धात्मक बनेको र म पनि कठिन काम नै मनपर्छ। खरसाङमा मभन्दा राम्रो राम्रो उम्मेद्वारहरु छन् र सबैलाई म शुभकामना दिन्छु।’ उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, मैले विगत 13 वर्षदेखि लगातार रुपमा मानव संसाधन क्षेत्रमा काम गरिरहेको छु र 8 हजार जतिलाई रोजगार दिईसकेको छु। मेरो अनुभवले गर्दा म युवाहरुलाई रोजगार दिन चाहन्छु।’
मोहन शर्माले भने, मलाई जिताउनु भए दश गुणा बढी काम गर्नेछु। तर म हारेर पनि काम गर्नेछु। म आबो खरसाङमा बसेर काम गर्न तयार रहेको छु। ‘
चुनाव प्रचार विषयमा बोल्दै भने, म घर घर पुगेर चुनाव प्रचार गर्दिन तर डिजिटल रुपमा नै प्रचार गर्नेछु। डिजिटल माध्यमबाट नै अहिलेका युवाहरुलाई चुनाव प्रचार गर्दै भोट गर्ने अपिल गर्नेछु।’

About Author

Advertisement