व्लॉग गर्न मन लाग्दैन दीपिकालाई

cropped-dipika-kakar-shoaib-ibrahim-divorceITG-1741020937933

मुम्बई: केही समयदेखि शारीरिक अस्वस्थतासँग संघर्ष गरिरहेकी अभिनेत्री दीपिका कक्कड। एकातिर उनका प्रशंसकहरूले उनको स्वास्थ्यका लागि प्रार्थना गरिरहेका छन् भने अर्कोतिर उनलाई आलोचनाको सामना पनि गर्नुपरेको छ। उनी मानसिक पीडाबाट पनि गुज्रिरहेकी छन्। गत वर्ष मे महिनामा उनले क्यान्सर भएको जानकारी दिएकी थिइन्, त्यसपछि उनको संघर्षको यात्रा सुरु भएको थियो।
उनी बिस्तारै निको हुँदै थिइन्, तर यसैबीच उनको कलेजोमा ट्युमर भएको पत्ता लाग्यो। यसले उनलाई र उनका पति शोएब इब्राहिमलाई निकै चिन्तित बनायो। पछि विशेष प्रक्रियामार्फत उक्त ट्युमर हटाइयो।
तर यस घटनापछि उनको जीवनमा ठूलो परिवर्तन आएको छ। सानो पर्दाबाट टाढा भए पनि उनका प्रशंसकहरूले उनलाई व्लॉगमार्फत हेर्दै आएका थिए, तर अहिले उनलाई व्लॉग बनाउन पनि मन लाग्दैन। दीपिकाले भनिन्, “दोश्रो सिस्ट पत्ता लाग्नेबित्तिकै म भित्रैदेखि टुटेँ। फोन हातमा लिन्छु, तर एउटा भ्लग पनि पूरा गर्न सक्दिनँ। सिस्ट सानो भए पनि आफूलाई सम्हाल्न सकिरहेकी छैन।
उनले थप भनिन् कि यस अनुभवपछि उनले महिलाको शरीर कति जटिल हुन्छ भन्ने महसुस गरेकी छन्। आफू थाकेको महसुस हुँदा उनी चाँडै सुत्न जान्छिन्। उनले आफ्नो स्वास्थ्यका कारण आफ्नो जीवनशैलीमा धेरै परिवर्तन आएको पनि स्वीकार गरेकी छन्।

About Author

Advertisement