खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले नामांकन पत्र बुझाएका छन्। उनको पक्षमा भारतीय जनता पार्टीले बिहीबार खरसाङमा एक रैलीको आयोजना गरेको छ। उक्त रैली खरसाङको बस टर्मिनलदेखि शुरु भएर हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरिएको थियो। उक्त रैली खरसाङको मोटर स्ट्याण्डमा आएर चुनावी सभामा परिवर्तन भएको थियो। उक्त चुनावी सभालाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सञ्चालन गरेका थिए भने सभालाई गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङ, दार्जिलिङका सांसद राजु विष्ट र भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले सम्बोधन गरेका थिए। उक्त चुनावी सभापछि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाको साथमा रैली पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासकको कार्यालयमा पुग्न अघिल्तिर रहेको रोडसम्म पुगेको थियो। भाजपा प्रार्थी सोनाम लामाको पक्षमा आयोजित रैलीमा गोजमुमो अध्यक्ष बिमल गुरुङ, दार्जिलिङका सांसद राजु विष्ट साथै भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाको समर्थकहरु उपस्थित रहेका थिए। उक्त रैलीपछि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आफ्नो नामांकन पत्र बुझाएका छन्। उक्त नामांकन पत्र विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले पहाडमा भाजपाको उम्मेद्वारहरुले निश्चित रूपमा जित्ने दावी गरेका छन्। उनले यसपाली बंगालमा परिवर्तनको लहर चलेको र यता पहाडमा पनि जीत यथावत रहेको साथै जनताले पहाडमा भ्रष्टाचारमुक्त पहाडको लागि भाजपालाई भोट दिएर जिताउने बताए उनले एक प्रश्नको उत्तरमा एसआईआरलाई लिएर पहाडको सत्तारुढ दलले प्रोपोगाण्डा बनाएको बताउँदै रोडमा कराएर होइन तर सठीक ठाउँमा बोल्न पर्ने बताए। लामाले एसआईआर भाजपाले होइन तर चुनाव आयोगले गराएको हो र आफ्नै बहिनीको पनि नाम डिलिट भएको र डिलिट हुने मतदाताहरूका लागि काम भईरहेको बताए। आफ्नोे नामांकन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै आफ्नो जीत निश्चित रहेको र आफु पनि जीतप्रति आशावादी रहेको बताए।









