ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं चिमनी देवराली ग्राम पञ्चायतको प्रधान बिमल तामाङले दिए राजीनामा

IMG-20260402-WA0103

खरसाङ: खरसाङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई ठूलो झट्का दिन्दै चिम्नी देउराली ग्राम पञ्चायतका प्रधान तथा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य सदस्य एवं खरसाङ महकुमाका युवा अध्यक्ष बिमल तामाङले पार्टीका सम्पूर्ण पदहरू साथै साधारण सदस्यताबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।
उनले आफ्नो राजीनामामा पार्टीभित्र बढ्दो एकल निर्णय लिने प्रवृत्ति साथै स्थानीय तह र पार्टीका प्रतिनिधिहरूसँग कुनै समन्वय नगरी बारम्बार निर्णय थोपर्ने कार्यका कारण आफू यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्। खरसाङ क्षेत्रका सक्रिय युवा नेताका रूपमा परिचित बिमल तामाङको राजीनामालाई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको लागि ठूलो राजनीतिक झट्काको रूपमा हेरिएको छ।

About Author

Advertisement