खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका खरसाङ विधानसभा समष्टिका प्रार्थी अमर लामाले नेहरू बालासनका चिया श्रमिकहरुसँग भेट गरी सम्वाद गरे। उनले आफ्नो सम्वादको क्रममा पूर्वाग्रहले ग्रसित भएर अमर लामाले चिया बगान जीटीएमा पर्दैन भन्ने भ्रामक कुरा फैलाउँदै अमर लामालाई भोट दिनु हुँदैन भन्ने कुरा प्रति क्षोभ प्रकार गर्दै भने, “मैले जति नै स्पष्टीकरण दिए तापनि मन नपर्ने मान्छेको लुगा गनाउँछ भन्छन्, त्यस्तै हुनेछ। तर मैले
श्रमिकहरुको हितको निम्ति काम गरेको धेरै भयो। मैले श्रमिकको दैनिक रोज रू १६७ हुँदादेखि काम गरेको हुँ। आज बढेर रू २५० भएको छ। २०१६ मा मैले एउटा ट्रेड यूनियनको पञ्जीकरणसम्म गरेकाे हुँ।”
उनले आफ्नो विचारलाई अघि राख्दै फेरि भने, “प्रान्त परिषदको समयमा म जवान थिए। उनीहरूको जमघटमा म पनि जाने गर्थे। दार्जीलिङ पहाडको राजनीतिमा जबसम्म चिया श्रमिकहरुको निम्ति काम गरिन्दैन तबसम्म राजनीति अधुरो रहन्छ अनि नेता सफल पनि हुँदैन भनेर मदन थापाले हामीलाई राजनैतिक मन्त्र नै दिनु भएको थियोे। आज त्यही मन्त्रलाई मैले अँगालेर राजनीति मात्र होइन काम पनि गरिरहेको छु।”
लामाले अघि भने, “श्रमिकहरुको मुद्दा विषय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पूर्ण रूपले अवगत छ। न्यूनतम रोजको धेरै बैठकहरूमा मैले पनि भाग लिएको छु। आजसम्म राज्य सरकारले न्यूनतम रोज तोक्नु सकेको छैन। सरकारले न्यूनतम रोज दिँदैन तर तोक्छ मात्र। न्यूनतम रोज तोक्ने समय महँगाई हेरेर न्यूनतम रोजको फर्मुला अनुसार सरकारले रोज तोक्छ। फर्मुला अनुसार एक श्रमिकले दिनमा कति कार्बोहाइड्रेट, फ्याट अनि प्रोटिन लिनु पर्छ अनि त्यो पूरा गर्न आजको महँगाई अनुसार कति पाउनुपर्छ त्यसैको आधारमा न्यूनतम रोज सरकारले तोक्ने गर्छ। सरकारले न्यूनतम रोज तोकेपछि चिया बगानका मालिकहरूले रोजमा वृद्धि गर्नुपर्छ।”
उनले वचन दिँदै भने, “यदि म सफल भएर विधानसभामा पुगे भने श्रमिकको न्यूनतम रोजलाई प्राथमिकता दिएर काम गर्नेछु। यो प्राथमिकता अध्यक्ष अनित थापाको पनि रहेको छ।










