केकेआर-विरुद्ध मुम्बई इण्डियन्सको ६ विकेटले जीत

IMG-20260329-WA0103

मुम्बई: आईपीएल २०२६-को दोस्रो म्याचमा ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई सजिलै ६ विकेटले पराजित गऱ्यो। आइतवार खेलिएको हाई स्कोरिंग म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआरले २० ओभरमा ४ विकेट गुमाएर २२० रनको विशाल स्कोर बनायो। त्यसपछि मुम्बई इण्डियन्सले १९.१ ओभरमा ४ विकेटमा २२४ रन बनाएर म्याच जित्यो। यो मुम्बई इण्डियन्सको आईपीएल इतिहासको सबैभन्दा सफल रन चेज (लक्ष्यलाई पीछा गर्दै जीत हासिल) हो। मुम्बई इण्डियन्सको निम्ति ओपनरद्वय रियान रिकेल्टन र रोहित शर्माले असाधारण प्रदर्शन गरे। यी दुईजनाले पहिलो विकेटको निम्ति ११.५ ओभरमा १४८ रनको पार्टनरशीप गरे। रिकेल्टनले ८ वटा चौका र ४ वटा चौकाको सहायताले ४३ बलमा ८१ रन बनाए। यसरी रोहितले ६ वटा छक्का र ६ वटा चौकाको सहायताले ३८ बलमा ७८ रन बनाए। रिकेल्टन र रोहित लगातार आउट भए पनि मुम्बई इण्डियन्सलाई म्याच जित्न समस्या भएन। कप्तान हार्दिक पाण्ड्याले अविजित १८ रन बनाए। यसरी सूर्यकुमार यादवले १६, तिलक वर्माले २० र नमन धिरले अविजित ५ रन बनाए। केकेआर-का बलरहरूमा वैभव अरोड़ा, कार्तिक त्यागी र सुनिल नारेनले १-१ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै केकेआर-को ईनिंग्सलाई कप्तान अजिंक्य रहाणे र युवा अंगकृष रघुवंशीको अर्द्धशतकले सम्हाल्यो। रहाणेले ५ वटा छक्का र ३ वटा चौकाको सहायताले ४० बल खेलेर सर्वाधिक ६७ रन बनाए। उनले ओपनर फिन एलनसँग मिलेर पहिलो विकेटको निम्ति ३२ बलमा ६९ रनको पार्टनरशीप गरे। एलनले २७ बलमा ३७ रन बनाए, जसमा ६ वटा चौका र २ वटा छक्का सामेल छ। केकेआर-को निम्ति अन्तिम ओभरहरूमा रघुवंशी र रिंकू सिंहले असाधारण ब्याटिंग गरे। यी दुईजनाको आक्रामक ब्याटिंगले गर्दा नै केकेआर २२० रनसम्म पुग्न सक्यो। रघुवंशीले ६ वटा चौका र २ वटा छक्काको सहायताले २९ बबलमा ५१ रन बनाए। यसरी रिंकू ३३ रनमा अविजित रहे। उनले २१ बल खेलेर ४ वटा चौका लगाए। क्यामरन ग्रीनले १८ रनको योगदान दिए। मुम्बई इण्डियन्सका बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए।

About Author

Advertisement