बीसीसीआईले रद्द गऱ्यो आईपीएलको उद्घाटन समारोह

IMG-20260326-WA0094(1)

नयाँ दिल्ली: आईपीएल २०२६ शुरु हुन ठीक अघि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले ठूलो फसेला लिँदै उद्घाटन समारोह (ओपनिंग सेरेमनी) रद्द गऱ्यो। यो समारोह २८ मार्चमा बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुनु थियो तर गत वर्ष भएको दुर्घटनामा ११ जना मृतकहरूको सम्मानमा यो निर्णय लिइएको छ। बीसीसीआईका एकजना अधिकारीले भने, गत वर्ष ४ जूनमा भएको दुःखद घटनाले गर्दा आईपीएल २०२६ अघि कुनै औपचारिक कार्यक्रम हुनेछैन। उद्घाटन समारोह रद्द भए पनि बीसीसीआईले आईपीएलको अन्यमा भव्य समापन समारोह चाहिँ आयोजित गर्नेछ। अधिकारीले भने, बीसीसीआई र आईपीएल गवर्निंग काउन्सिल फाइनलको दिन ३१ मईमा एउटा भव्य मनोरञ्जन कार्यक्रम आयोजन गर्ने योजना बनाइरहेको छ। आईपीएल २०२६-को शुरुवात २८ मार्चमा गत विजेता रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबादबीच म्याचको साथ हुनेछ। यसअघि २०१९-मा पनि आईपीएलको उद्घाटन समारोह रद्द गरिएको थियो। त्यस समय पुलवामा आतंकी हमलामा शहीद हुने सीआरपीएफ-को जवानहरूका सम्मानमा उद्घाटन समारोह रद्द गरिएको थियो। आरसीबी-ले पनि दुर्घटनामा ज्यान गुमाउने ११ प्रशंसकहरूका सम्मानमा विशेष निर्णय लिएको छ। आरसीबीको टीमले म्याचको दिन अभ्यासको अवधि पाखुरामा कालो पट्टी बाँधेर ११ नम्बरको जर्सी लगाउनेछ। यसरी एम चिन्नास्वामी स्टेडियममा ११ वटा सीट सदा खाली राखिनेछ।

About Author

Advertisement