मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले २०२६-२७-को अन्तर्राष्ट्रिय घरेलु सीजनको पूरा शेड्यूल जारी गरेको छ। यसपाली भारतीय प्रशंसकहरूलाई रोमाञ्चक क्रिकेटको भरपूर आनन्द प्राप्त हुनेछ, जहाँ भारतीय टीमले घरेलु मैदानहरूमा ४ वटा अलग-अलग देशहरूविरुद्ध सीरीज खेल्नेछ। यसमा वेष्ट इण्डिज, श्रीलंका, जिम्बाब्वे र अष्ट्रेलिया सामेल छ। यस साल २७ सेप्टेम्बरदेखि आउँदो साल २७ फरवरीसम्म, अर्थात जम्मा १५३ दिनमा भारतले आफ्नो घरमा जम्मा २२ वटा अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। यी म्याचहरू १७ वटा शहरमा खेलिनेछ। भारतीय टीमको निम्ति यो सीजन विशेषगरी आईसीसी वनडे वर्ल्ड कप २०२७-को तयारीहरूको निम्ति महत्त्वपूर्ण रहनेछ। भारतीय टीमले गत केही सालहरूदेखि सेतो बलको क्रिकेट (वनडे र टी२०)-मा असाधारण प्रदर्शन गरिरहेको छ। टेस्ट क्रिकेटमा चाहिँ टीमको प्रदर्शन निराशाजनक रहेको छ। भारतीय टीम आउँदो सीजनमा टेस्ट क्रिकेटमा पनि आफ्नो प्रदर्शन सुधार्न चाहन्छ। यसबाहेक घरेलु सीजनमा रोहित शर्मा र विराट कोहली जस्ता दिग्गज खेलाड़ीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। यी दुईजना दिग्गजले घरेलु वनडे सीरीजहरूमा खेल्न सक्छन्। यसरी प्रशंसकहरूले फेरि एकपल्ट रो-को-लाई मैदानमा छक्का र चौकाको वर्षा गरिरहेको देख्ने मौका पाउनेछन्। भारतले आउँदो होम सीजनमा वेष्ट इण्डिज, श्रीलंका र जिम्बाब्वेविरुद्ध ३-३ वटा वनडे म्याच खेल्नेछ। आउँदो साल वनडे वर्ल्ड कप पनि रहेको हुनाले यी ९ वटा वनडे म्याच भारतको तयारीहरूको दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ।
घरेलु सीजनको शुरुवात २७ सेप्टेम्बर २०२६-मा वेष्ट इण्डिजविरुद्ध हुनेछ। वेष्ट इण्डिजले भारत यात्रामा ३ वटा वनडे र ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेल्नेछ। यात्राको शुरुवात त्रिवेन्द्रममा २७ सेप्टेम्बरमा पहिलो वनडे म्याचको साथ हुनेछ। तेस्रो तथा अन्तिम वनडे म्याच ३ अक्टोबरमा न्यू चण्डीगढ़मा खेलिनेछ। त्यसपछि यी दुई टीमबीच ६ अक्टोबरदेखि टी२० सीरीज शुरु हुनेछ अनि अन्तिम म्याच १७ अक्टोबरमा बेंगलुरुमा खेलिनेछ। दिसम्बरमा श्रीलंकाई टीम भारत आउनेछ। यी दुई टीमबीच ३ वटा वनडे र ३ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज हुनेछ। पहिलो वनडे म्याच १३ दिसम्बरमा दिल्लीमा खेलिनेछ। यसरी टी२० सीरीज २२ दिसम्बरमा राजकोटमा खेलिनेछ। नयाँ सालको शुरुवातमा जिम्बाब्वेको टीम ३ वटा टी२० इण्टरनेशनल म्याचको सीरीजमा हिस्सा लिन भारत आउनेछ। यो सीरीज ३ जनवरीदेखि शुरु भएर ९ जनवरीसम्म चल्नेछ। त्यसपछि भारतले सबैभन्दा महत्त्वपूर्ण बोर्डर-गावस्कर टेस्ट सीरीजमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। यस सीरीजमा भारत र अष्ट्रेलियाबीच ५ वटा टेस्ट म्याच खेलिनेछ। सीरीजको पहिलो टेस्ट म्याच नागपुरमा २१-देखि २५ जनवरीसम्म खेलिनेछ। यसरी दोस्रो टेस्ट म्याच चेन्नईमा २९ जनवरीदेखि शुरु हुनेछ। गुवाहटीमा तेस्रो टेस्ट म्याच ११-देखि १५ फरवरीसम्म खेलिनेछ। सीरीजको चौथो टेस्ट १९-देखि २३ फरवरीसम्म राँचीमा हुनेछ। यसरी पाँचौं तथा अन्तिम टेस्ट म्याच २७ फरवरीदेखि अहमदाबादमा खेलिनेछ।











