आईजीजेएफले चुनावी अभियानलाई तीव्र रूप दिँदै नेतृत्वहरूलाई सुम्पिए कार्यभार

IMG-20260321-WA0104

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो चुनावी अभियानलाई तीव्र रूप दिँदै पार्टी कार्यकर्ताहरूलाई कार्यभार सुम्पिने कार्य गरेका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जिलिङस्थित केन्द्रीय कार्यालयमा पश्चिम बंगाल विधानसभा चुनावलाई ध्यानमा राख्दै पार्टी कार्यकर्ताहरूलाई कार्यभार सुम्पिने कार्य गरेका छन्। जसमा रिम्बिक लोधोमा, रेलिङ कैजले, गोक बिजनबारी, रंगबुल धोत्रे, सुखिया मानेभञ्ज्याङ जीटीए निर्वाचन क्षेत्रहरूको कार्यभार पुरण तामाङ र आकाश प्रधानलाई सुम्पिएका छन्। त्यसरी नै दार्जीलिङ सदर १, ऋषिहाट ब्लूमफिल्ड,चुङथुङ मेरीबुङ तामसाङ, घुम जोरबंगलो जिटिए निर्वाचन क्षेत्रहरूको कार्यभार प्रतीम सुब्बा र उज्ज्वल लिम्बुलाई सुम्पिएका छन्।फुब्सेरिङ पान्दाम,लेबुङ बदमताम, सोम तकभर जिटिए निर्वाचन क्षेत्रहरुको कार्यभार जितेन राई र भरत तामाङलाई सुम्पिएका छन्। दार्जीलिङ सदर २,सदर ३, सदर ४ जिटिए निर्वाचन क्षेत्रको कार्यभार रोबर्ट छेत्री, मदन मोक्तान र अर्जुन राईलाई सुम्पिएका छन्।

यसै क्रममा नागरी धजे,चामोङ पोखरेबुङ जिटिए निर्वाचन क्षेत्रहरुको कार्यभार एसके राई र पुकार गहतराजलाई सुम्पिएका छन्। त्यसरी नै पार्टीको चुनावी कार्यलाई अझ थप टेवा पुराउन केसाङ भुटिया, रितेश पोर्तेल,गोपाल परियार आदिलाई पार्टीले छनौट गरेका छन्। सभामा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस लगायत अन्य केन्द्रीय नेतृत्वहरूसँगै पार्टी कार्यकर्ता तथा नेतृत्वहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement