हिल तराई प्राथमिक शिक्षक संगठनद्वारा सोनादा सर्कलमा चुनावी सभा सम्पन्न

IMG-20260320-WA0108

सोनादा: दार्जिलिङ कालेबुङ क्षेत्रका शिक्षकहरूलाई संगठित गर्दै आउँदो विधानसभा चुनावलाई लक्षित गरेर राजनीतिक तथा शैक्षिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिले विभिन्न सर्कलहरूमा चुनावी सभा आयोजना गर्दै आएको छ। सोही अभियान अन्तर्गत सोनादा सर्कलमा पनि एक महत्वपूर्ण सभा सम्पन्न गरिएको छ। उक्त सभाको‌ अध्यक्षता देवप्रकाश राईले गरेका थिए भने राजीव त्रिखत्रीले सञ्चालन गरेका थिए। सभामा स्वागत सम्भाषण किरण बरदेवाले राखेका थिए। सभालाई खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, काशिराम प्रधान आदिले वक्तव्य राखेका थिए। हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा शिक्षकहरुलाई लिएर आउँदो विधानसभा चुनाव विषयमा शुरू भएको सर्कल अनुसारको सभाको सोनादा सर्कलमा सम्पन्न भएको छ। दार्जिलिङ कालेबुङ अन्तर्गत रहेका १६ वटा सर्कलमा सर्कलका शिक्षक शिक्षिकाहरुलाई समेटेर यस्ता चुनावी सभा सञ्चालन गरिने कार्यक्रम अनुसार सोनादा सर्कल अन्तर्गत सभा आयोजना गरिएको हो। यस सभामा सोनादा सर्कलका शिक्षक शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, विशाल शर्मा, सोनाम लामा,
काशिराम प्रधान, सोमकुमार गुरुङ, पेमा लामा, पूर्व सभासद महेन्द्र प्रधान, सुकदेव राई, किरण बर्देवा, सोनादा सर्कलका प्रतिनिधिहरू, सर्कलका सभापति-सचिव लगायत उपस्थित रहेका थिए।
त्यसैगरी, २४ खरसाङ विधानसभा क्षेत्रका भागोप्रमो प्रत्याशी अमर लामा तथा २३ दार्जिलिङ विधानसभा क्षेत्रका भागोप्रमो प्रत्याशी विजय राईको विशेष उपस्थिति रहेको थियो। सभामा सहभागी वक्ताहरूले आउँदो विधानसभा चुनावको महत्वबारे प्रकाश पार्दै शिक्षक समुदायलाई सचेत, एकताबद्ध र जिम्मेवार ढंगले सहभागी हुन आह्वान गरेका थिए। यसको साथै, शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो। संगठनले बाँकी सर्कलहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्दै शिक्षकहरूलाई चुनावप्रति जागरूक बनाउने लक्ष्य लिएको जनाएको छ।

About Author

Advertisement