पूर्व शिक्षक प्रकाश सुब्बाको निधन

IMG-20221010-WA0131.jpg

खरसाङ: खरसाड नगरपालिका वार्ड नम्बर १९ की पूर्व नगरपार्षदिका एवं भागोप्रमो सस्थापक सदस्य साथै तीनधारे मिठाईडाँड़ा रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी पूर्व प्रधान अध्यापिका देवकी प्रधान सुब्बाकी पति प्रकाश सुब्बाको निधन भएको छ। किड्नी रोगको कारण सिलगढीको निजी नर्सिङ होममा उनको निधन भएको जानकारी प्राप्त भएको छ। महारानी प्राथमिक पाठशालाको अवकाशप्राप्त प्रधान अध्यापक एवं खरसाङको क्याम्प साइट ग्राम कल्याण समितिका सस्थापक सदस्य रहेका प्रकाश सुब्बाको पार्थिव शरीर खरसाङको वार्ड नम्बर १९ स्थित घरमा ल्याएर उनको पार्थिव शरीर १० अक्टोबरको दिन आफ्नो पैतृक थलो कैजले, बिजनबारी लगेर अन्तिम संस्कार गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement