रेलको धक्काले एकजना बनकर्मीको मृत्यु

4315ec66-3a6d-47d8-beba-c3d17af7082d

कालचिनी – आज बिहान प्रायः ९.३० बजी सिलगढ़ीबाट असमगामी एउटा रेलको धक्काले राजाभातखावामा एकजना बनकर्मीको मृत्यु भएको घटनाले क्षेत्रमा सनसनी मच्चिएको थियो। प्राप्त जानकारीअनुसार राजाभातखावा डिपोपाड़ाबाट साइकल लिएर राजाभातखावा रेल गेटबाट प्रायः २०० मीटरको दुरीमा राजाभातखावा एनआईसीमा कर्मरत बनकर्मी नरेन राभा उमेर ५२ रेल लाईन पार गरिरहेको समय अचानक असमगामी रेलले धक्का दिँदा साइकलसितै लिक बाहिर उछिटिएका थिए भने घटनाको जानकारी पाएर घटनास्थलमा मानिसहरू पुग्दा मृत अवस्थामा देखेपछि यसको जानकारी राजाभातखावा रेल स्टेशन मार्फत अलिपुरद्वार जीआरपीलाई दिएको थियो।

घटनास्थलमा अलिपुरद्वार जीआरपी आएर मृतदेह उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको जीआरपी सुत्रले जनाएका छन्। स्थानीय बासिन्दाहरूले जनाएअनुसार उक्त मृत व्यक्ति राजाभातखावा राभा बस्ती निवासी नरेन राभा रहेको र तिनी राजाभातखावा स्थित एनआईसीमा कर्मरत एकजना बनकर्मी रहेको बताईएको छ।

About Author

Advertisement