१० अक्टोबरः भारतीय सीनियर महिला फूटबल टीमकी स्टार मीडफिल्डर अञ्जु तामाङलाई कालचिनी स्थित डुवर्स फूटबल एकाडमी (डीएफए)-ले सम्बर्द्धना जनायो। एकाडमीका प्रमुख कुमार लामाले बताएअनुसार, गत ८ अक्टोबरको दिन कालचिनीमा समाजसेवी पासाङ लामाद्वारा आयोजन गरिएको एउटा कार्यक्रममा डुवर्सकी छोरी अनि वर्तमानमा भारतीय सीनियर महिला फूटबल टीमकी महत्त्वपूर्ण सदस्य अञ्जु तामाङलाई सम्मान अनि सम्बर्द्धना जनाइयो। यस अवसरमा डीएफए-को तर्फबाट अञ्जुलाई सम्बर्द्धना जनाइयो।

यस अवसरमा एकाडमीका बोइज र गर्ल्स टीमका सदस्यहरूका साथमा अधिकारीहरूका उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनको साथ एकपछि अर्को गर्दै सफलताको नयाँ उँचाईहरू छुने अञ्जुले पनि यस सम्बर्द्धनाको निम्ति आयोजकहरू प्रति कृतज्ञता व्यक्त गरिन्।










