खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा र चुनावी बुथ स्तरीय कमिटी गठन गर्ने क्रममा बुथ नम्बर २४९ तीनधारे चियाबारी र बुथ नम्बर २६० सिविटारमा चुनावी सभा साथै बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यस क्रममा तीनधारे चियाबारीमा मुख्य संयोजकको रुपमा युवराज प्रधानलाई चयन गरिएको छ भने कोषाध्यक्ष सुकवीर राई लगायत सह संयोजकहरु, सल्लाहकारहरु लगाएर ४२ जनाको बुथ स्तरीय कमिटी गठन गरिएको छ। त्यसरी नै बुथ नम्बर २६० सिविटारमा उत्तम छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव बसन्त राई आदिले वक्तव्य राखेका थिए। सभामा मुख्य संयोजकको रूपमा सदीप राई र कोषाध्यक्षमा राजेन्द्र प्रधान लगायत हरेक गाउँबाट सहर संयोजकहरु, सल्लाहकारहरु र कार्यकारी सदस्यहरु चयन गरिएको छ।

सभामा सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा महकुमा सदस्य सञ्जीव लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान र शिक्षक संगठनको सचिव उत्तम छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।







