खरसाङ: खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएसनको आयोजनामा बुधवार नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। विशेष गरेर गत ८ मार्चदेखि १४ मार्चसम्म विश्व ग्लुकोमा सप्ताह चलिरहेको छ र यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा निःशुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व ग्लुकोमा सप्ताह ८ मार्चदेखि १४ मार्चसम्म पालन गरिन्छ र यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएसनको आयोजनामा र रेड क्रस सोसाइटीको सहभागितामा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम आयोजना जारी रहेको छ।यसको साथै ४० वर्षदेखि माथिकाहरुको लागि फ्रि ग्लुकोमा स्क्रिनिङ र सचेतना क्याम्पको पनि आयोजना भईरहेको छ। खरसाङ महकुमा अस्पतालमा आयोजित निःशुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रममा खरसाङ महकुमा अस्पतालकी आँखा रोग विशेषज्ञ डा अनुपमा विश्वासले मानिसहरुलाई सचेतना गराउँदै ग्लुकोमा भन्नाले आँखाको बिमारी रहेको र यसले आँखाको नशालाई नष्ट गर्न सक्छ र यसको समयमा नै उपचार हुनुपर्छ भनी बताएकी छन्। उनले सबैलाई सचेत गराउँदै भनिन् ‘ग्लूकोमा सप्ताह विशेष गरेर 8 देखि 14 मार्चसम्म विश्व रुपमा पालन गरिन्छ। प्रत्येक मानिसले यस विषयमा बुझ्न आवश्यक छ। यसको समयमा नै उपचार गरेन भने आँखाको दृष्टि हराउन सक्छ। यसको कारण चाल नपाई आँखाको दृष्टि हराउन सक्छ। यो बिमारी विशेष गरेर 40 वर्षदेखि माथिकाहरुको लागि हुनसक्छ।’
डा अनुपमा विश्वासले अघि भनिन् ‘यस बिमारी अस्तीदेखि अहिलेसम्म 18 जनामा यो केश पाईसकेको र प्रत्येक सप्ताह यो बिमारीको केश पाईरहेको पनि बताएकी छन्।










