सृजनशील समूह र कर्मा पब्लिकेशनद्वारा भारतीय महिला फुटबल स्टार अञ्जु तामाङलाई सम्वर्द्धना

026c6acf-f0a9-4205-ae1d-e2413559057b

कालचिनी – भारतीय महिला फुटबलका मिड फील्डर तथा स्टार अञ्जु तामाङलाई आज कालचिनी सृजनशील समूह र कर्मा पब्लिकेशनद्वारा एकसाथ अभिन्न्दन गर्दै सम्वर्द्धना प्रदान गरिएको जानकारी सृजनशील समूहको सचिव चन्दन भट्टराईले दिएका छन्। आज कालचिनी ट्रली लाईनमा सम्पन्न हुने एउटा सम्वर्द्धना कार्यक्रममा आइपुग्न अघि सृजनशील समूह र कर्मा पब्लिकेशनद्वारा भारतीय महिला फुटबल स्टार अञ्जु तामाङलाई एउटा सौहार्दपूर्ण भेटघाट कार्यक्रमबीच सो सम्वर्द्धना प्रदान गरिएको थियो।

सृजनशील समूह र कर्मा पब्लिकेशनका प्रतिनिधि सदस्यहरू क्रमैले चन्दन भट्टराई, नामग्याल लामा र सञ्जोग लामाको टोलीले फुटबल स्टार अञ्जु तामाङलाई सो सम्वर्द्धना प्रदान गर्दै भारतीय नेपालीभाषी गोर्खाहरूको गौरव एवम् डुवर्सको एउटा चियाबारी गाउँ मुजनाई बस्तीमा जन्मिएकी अञ्जु तामाङले आज भारतीय महिला फुटबलमा स्थान ओगट्न सक्नु चानचुने कुरा नभएको र सम्पूर्ण गोर्खा सन्तानको सुनाम गर्न सक्षम बनेकी महिला फुटबल स्टार अञ्जु तामाङलाई सम्वर्द्धना प्रदान गर्न पाउँदा गर्वबोध भइरहेको सृजनशील समूह र कर्मा पब्लिकेशनका प्रतिनिधिहरूले जनाएका छन्।

आज यसै क्रममा नै कर्मा पब्लिकेशनद्वारा प्रतिभा परिचयको कार्यक्रम प्रकरण एकमा भारतीय महिला फुटबलका स्टार अञ्जु तामाङको प्रत्यक्ष तथा सजीव प्रसारण सम्पन्न गरिएको थियो भने प्रत्यक्ष प्रसारणको अन्तरवार्ता कालचिनीका वरिष्ठ चित्रकार तथा फुटबल रेफरी सञ्जोग लामाले लिएको थियो। अञ्जु तामाङले आफू यो पर्वको क्षणिक विदा मिलाएर घर आइपुगेकी बताउँदै डुवर्स एवम् यस क्षेत्रको फुटबल खेलाड़ीहरूलाई कहिले पनि कुनै क्लबले वा संस्थाले लिनु आउँछ भनेर होइन अपितु आफै उत्कृष्ट बनेर समर्पित भएर लक्ष्यप्रति अघि बढ़ने अनि अभिभावकहरूले यसमा पूर्ण सहयोगिता गर्नुपर्ने आह्वान पनि गरेकी छन्। आज कालचिनी ट्रली लाईनमा समाजसेवी पासाङ लामाको आयोजनामा सम्पन्न हुने एउटा कार्यक्रममा भारतीय महिला फुटबलका स्टार अञ्जु तामाङलाई सम्वर्द्धना प्रदान गरिने थप जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement