फीफा ऱ्याङकिंगमा भारत झरेर १०६औं स्थानमा

IMG-20221008-WA0139.jpg

८ अक्टोबरः बिहीवार जारी फीफाको नवीनतम् विश्व ऱ्याङकिंगमा भारत दुई स्थान झरेर १०६औं स्थानमा पुगेको छ। यस महिनाको शुरुवातमा भएको साफ च्याम्पियनशीपको म्याचमा बंग्लादेश विरुद्ध १-१-ले ड्र गरेपछि भारतको ऱ्याङकिंगमा ह्रास आएको छ। यस ड्र-ले बंग्लादेशलाई चाहिँ फाइदा भएको छ अनि उनीहरू तीन स्थानको फाइदासहित १८४औं स्थानमा पुगेका छन्। ब्राजीलले नवीनतम् फीफा ऱ्याङकिंगमा आफ्नो शीर्ष स्थान कायम राखेको छ, जुन नोभेम्बरमा कतरमा हुने विश्व कप अघि अन्तिम फीफा ऱ्याङकिंग हो। बेल्जियम दोस्रो अनि अर्जेण्टिना तेस्रो स्थानमा कायम छ।

फीफा ऱ्याङकिंगः शीर्ष १०
१) ब्राजील
२) बेल्जियम
३) अर्जेण्टिना
४) फ्रान्स
५) ईंग्ल्याण्ड
६) इटली
७) स्पेन
८) नीदरल्याण्ड
९) पोर्तुगल
१०) डेनमार्क

About Author

Advertisement