दिपावली कपः एमएमएफसी निरपानी क्वार्टर फाइनलमा

IMG_20221008_204252.jpg

८ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शनिवार एमएमएफसी निरपानीले जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा भएको म्याचमा एमएमएफसी निरपानीले रिम्बिक लोधोमा समष्टिलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी सोंगलाई प्लेयर अव् द म्याच चयन गरियो। एमएमएफसी निरपानीले अब १५ अक्टोबरको दिन खेलिने क्वार्टर फाइनलमा बिजनबारी फूटबल क्लबको चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement