एएफसी महिला एशियन कपमा चाइनीज ताइपेलाई चुनौती दिन तयार भारत

IMG-20260310-WA0005

सिडनी: भारतले जापानविरुद्ध निराशाजनक हारलाई भुलेर अब मंगलवार वेष्टर्न सिडनी स्टेडियममा
एएफसी महिला एशियाई कप २०२६-अन्तर्गत ग्रुप सी-को आफ्नो अन्तिम म्याचमा चाइनीज ताइपेविरुद्ध जसरी भए पनि जीत हासिल गर्नु पर्नेछ। क्वार्टर फाइनलको रेसमा कायम रहन भारतले म्याच कम्तीमा २ गोलको अन्तरले जित्नु पर्नेछ। भारत अघि बढ़नको निम्ति त्यही समय जापानले ग्रुपको दोस्रो म्याचमा भियेतनामविरुद्ध जीत हासिल गर्नु पर्नेछ। ग्रुपको चौथो तथा अन्तिम स्थानमा रहने भारतले अहिलेसम्म २ वटा म्याच खेलेर दुवै हारेको छ। भारतले पहिलो म्याचमा भियेतनामविरुद्ध पनि १-२-ले हारको सामना गर्नु परेको थियो। जापान अहिले ६ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ। यसरी चाइनीज ताइपे र भियेतनाम ३-३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा क्रमशः दोस्रो र तैस्रो स्थानमा रहेको छ। तीनैवटा ग्रुपबाट शीर्ष २-मा रहने टीमहरूको साथमा तेस्रो स्थानमा रहने दुईवटा सर्वश्रेष्ठ टीम क्वार्टर फाइनलमा पुग्नेछ। यसरी भारतसँग अहिले पनि मौका रहेको छ। भारतीय टीमकी मुख्य प्रशिक्षक अमेलिया भाल्भर्देले टीमलाई गत म्याचको नतीजाहरू भुलेर महत्त्वपूर्ण म्याचमा ध्यान केन्द्रित गर्ने सल्लाह दिएकी छन्। उनले भनिन्, दुईवटा म्याच धेरै अलग थियो। अब हामीले पुरानो नतीजाहरूलाई भुलेर यस म्याचको निम्ति असल तयारी गर्नु पर्नेछ। हामीलाई म्याचको महत्त्व थाहा छ। यो म्याच हाम्रो निम्ति फाइनल जस्तै हुनेछ। यसैकारण हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छौं।

About Author

Advertisement