डीवाईएफआई टोली माल बजारमा

IMG_20221008_192534.jpg

घटनाको न्यायिक जाँच गरेर दोषीहरूलाई सजाय दिने डीवाईएफआईको मांग

खरसाङ: डीवाईएफआई टोलीले माल बजार घटनाको निरीक्षण गरेपछि विभिन्न मांगहरू गरेका छन्। उक्त टोलीमा रहेको डीवाईएफआई दार्जीलिङ जिल्ला पूर्व सभापति एंव वर्तमान राज्य उप सभापति सचिन खातीले बताए अनुसार मालबजार नगरपालिकाका अध्यक्षले गरेको लापरबाहीको कारण यो घटना घटेको हो यस घट्नाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ भनी मांग गरिएको बताएका छन्। उनले आपदा प्रबन्धन विभाग, स्थानीय प्रशासन, स्थानीय पुलिस प्रशासनको लापरवाहीमा यो घटना भएको हो र दोषीहरुलाई कार्बाही गर्नुपर्छ भनी मांग गरेका छन्।

त्यसरी नै टोलीले मांग गरेका छन् कि माल नदीमा भएको दु:खद दुर्घटनाको न्यायिक छानबीन गरी कर्त्तव्यमा लापरवाही गर्ने दोषी र सरकारी कर्मचारीलाई उदाहरणीय कारबाही होस् भनी मांग गरेका छन् भने मृतकका परिवारहरूलाई उचित क्षतिपूर्ति र घाइतेहरूलाई क्षतिपूर्तिसहितको सम्पूर्ण उपचार खर्च सरकारले व्योहोर्नु पर्ने पनि मांग गरेका छन्। त्यसरी नै भविष्यमा नदीमा पूजा वा विसर्जन गर्न अघि नै विभागहरुले जाँच गरेर मात्र अनुमति दिनुपर्छ भनी डीवाईएफआईको राज्य उप सभापति सचिन खातीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement