सिटोङमा मंग्पु सिटोङ पास्टरेट्सको मुखपत्र कनानतिर विमोचन अनि सम्मान कार्यक्रम सम्पन्न

IMG-20221008-WA0112.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एकको घलेटार चर्चमा यहोशु युवा झुण्ड मंग्पु सिटोङ पास्टोरेट हिमालयन पेन्टिकोस्टल चर्च डायोसिसको मुखपत्र ‘कनानतिर’ अंक दुईको विमोचन गरिएको छ। यसको साथै विशप राइट रेभरेन्ट डाक्टर पिटर ब्लेन लेप्चालाई उनको सेवाकाइको ५०औं वर्ष पूरा भएकोमा सम्मानित पनि गरिएको छ। उक्त कार्यक्रम यहोशु युवा झुन्डको छैटौं वार्षिक सम्मेलनमा सम्पन्न भएको छ। उक्त सम्मेलनमा प्रमुख वक्ताको रूपमा पास्टर ढेण्डुप शेर्पा, मिरा सुब्बा साथै जोनाह रहेका थिए।
उक्त तीन दिने सम्मेलनको मर्निङ डिभोसनलाई माइकल राई मिडल मामरिङ र डिकन डानिएल राई सुन्तले चर्चले अगुवाई गरेका थिए। सम्मेलनको अन्तिम दिन मुखपत्र कनानतिरको विमोचन गरिएको थियो। कथाकार सन्ध्या आचार्यद्वारा सम्पादित तथा सह सम्पादकको रूपमा सबु बीके र पवन राई रहेका छन्। उक्त कनानतिर मुख पत्रको पहिलो अंक सन् २०१९ मा तकदाहमा विमोचन गरिएको थियो भने यसपाली प्रकाशित दोस्रो अंक खरसाङ महकुमा अन्तर्गत सिटोङको घलेटारस्थित एचपीसी चर्चमा गरिएको छ।

उक्त पत्रिकाको विमोचन विशप राइट रेभरेन्ट डाक्टर पिटर ब्लेन लेप्चा, रेभरेन्ट पिटर पासाङ लेप्चा, पास्टर महेन्द्र मुखिया, पास्टर सोनाम लेप्चा, पास्टर स्माएल थापा, पास्टर ढेण्डुप शेर्पा, मिरा सुब्बा आदिको बाहुलीबाट लोकार्पण गरिएको थियो। कार्यक्रमलाई सन्ध्या आचार्यले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा मंग्पु सिटोङ पास्टोरेट अन्तर्गतका यस वर्षका माध्यमिक, उच्च माध्यमिक, स्नातक साथै स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो भनी सन्ध्या आचार्यले जानकारी गराएका छन्।

About Author

Advertisement