भारत लगातार दोस्रोपल्ट टी२० वर्ल्ड कपको फाइनलमा

IMG-20260306-WA0010

मुम्बई: भारतले ईंग्ल्याण्डलाई ७ रनले पराजित गरी लगातार दोस्रोपल्ट आईसीसी टी२० वर्ल्ड कपको फाइनलमा स्थान बनायो। मुम्बईको वानखेड़े स्टेडियममा बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याच चरम रोमाञ्चक रह्यो, जसमा दुवै टीमले रनको वर्षा गऱ्यो तर अन्तमा गएर जीत भारतको खातामा रह्यो। भारतले अब आइतवार अहमदाबादमा खेलिने फाइनलमा न्यूजील्याण्डको सामना गर्नेछ। आज म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल स्कोर बनायो। त्यसपछि ईंग्ल्याण्डको निम्ति जेकब बेथेलले यादगार शतक बनाए पनि २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतीय ईनिंग्समा ओपनर सञ्जु सेमसनको अर्द्धशतक मुख्य आकर्षण रह्यो। सेमसनले गत म्याचको फर्मलाई कायम राख्दै ४२ बलमा ८९ बनाए, जसमा ८ वटा चौका र ७ वटा छक्का सामेल छ। खराब फर्ममा रहने अभिषेक शर्मा (९ रन)-लाई शुरुमै गुमाएपछि सेमसनले भारतको निम्ति लड़ाइँ जारी राखे। भारतको निम्ति शिवम दुबे र ईशान किशनले पनि उपयोगी ईनिंग्स खेले। यसमा दुबेले ४ वटा छक्का र एउटा चौकाको सहायताले २५ बलमा ४३ रन बनाए। यसरी किशनले ४ वटा चौका र २ वटा छक्काको सहायताले १८ बलमा ३९ रन बनाए। हार्दिक पाण्ड्याले २७ र तिलक वर्माले २१ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चर र अदिल राशिदले २-२ विकेट लिए। त्यसपछि जीतको निम्ति २५४ रनको रेकर्ड लक्ष्यलाई पीछा गर्दै ईंग्ल्याण्डको निम्ति जेकब बेथेलले शतक बनाए पनि अन्य कसैले उनलाई साथ दिन सकेनन्। बेथेलले ईनिंग्सको अन्तिम ओभरमा रन आउट हुन अघि ७ वटा छक्का र ८ वटा चौकाको सहायताले ४८ बलमा १०५ रन बनाए। यसबाहेक विल ज्याक्सले ३५ र जोस बटलरले २५ रनको योगदान दिए। भारतीय बलरहरूमा हार्दिक पाण्ड्याले सर्वाधिक २ विकेट लिए।

About Author

Advertisement