बाइक र साइकल दुर्घटनामा बाइक सवार गम्भीर घाइते

86b2fcce-39e7-4673-8b1d-f44608237151


कालचिनी- आज अपरान्ह समय मेचपाड़ा 8 नम्बर चियाबारीको राङ्गामाटी रोड बाउन्ड्री सेतु नजीक सड़कमा एउटा साइकलसित विपरीत दिशाबाट आइरहेको एउटा मोटरबाइकले धक्का दिँदा साइकल सवारलाई केही चोटपटक लागे तापनि बाइकमा सवार एकजना किशोर उराउँ (23) भाटपाड़ा चियाबारी निवासी गम्भीर घाइते बनेको छ।

तिनलाई प्रथमत उत्तर लोथाबारी ग्रामीण अस्पतालमा प्राथमिक उपचार पश्चात अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिएको थियो। यता उक्त घटनाको छानबीन कालचिनी थानाको पुलिसबलले गरिरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement