दुर्गा पूजा विसर्जनलाई सुरक्षित विसर्जन गराउन सक्रिय पुलिस प्रशासन

9447e486-0084-4c12-b15b-1ae1bddf122b


कालचिनी- दुर्गा पूजा सकेर अब विसर्जन गर्न सम्पूर्ण पूजा कमिटीहरू पालैपालो नदीमा विसर्जन गर्ने क्रममा आज बासरा नदीमा पुलिस प्रशासन र ब्लक प्रशासनको कड़ा सुरक्षा व्यवस्थामा विसर्जन सम्पन्न भएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।
धेरै जसो दुर्गा पूजा कमिटीहरूले विसर्जन गर्न आज बासरा नदीमा पुग्ने भएकोले कालचिनी ब्लक प्रशासन अनि पुलिस प्रशासनको देखरेखमा विसर्जन सम्पन्न भएको थियो। यद्यपि विसर्जन स्थलमा लाइटिङ व्यवस्था नहुनाले कतिपय असुविधा भएको कमिटी सदस्यहरूले जनाएका छन्।

About Author

Advertisement