मुण्डाकोठी देवीस्थान जंक्शनदेखि अप्पर फारस गाउँसम्म सडक निर्माणको‌ लागि शिलान्यास

IMG-20260224-WA0086

हामीले फल्ने नरिवल नै फुटाएका छौँ: राजेस चौहान

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिक विभागको तर्फबाट रंगबुल धोतरिया रंगमुक समष्टिको मुण्डाकोठी देवीस्थान जंक्शनदेखि अप्पर फारस गाउँसम्म गाड़ी कुदने कालो अलकत्रे सड़क को शिलान्यास गरिएको छ। रंगबुल धोतरिया रंगमुक समष्टिको क्षेत्रीय सभासद एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानको करकमलबाट उक्त रोड निर्माणको लागि शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, पूर्व सभासद महेन्द्र प्रधान, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान सरस्वती सुब्बा तामाङ, उप प्रधान भरत सुब्बा अनि पञ्चायत सदस्या सोनिका गुरूङ लगायत अन्यको उपस्थितिमा उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ‌। यस कार्यक्रममा पञ्चायत समिति सदस्यहरु, पञ्चायत सदस्यहरु, नारी शक्ति, युवा शक्ति लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस कार्यक्रममा क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले सम्बोधन गर्दै यस क्षेत्रको जनताले जीटीए प्रमुख अनित थापाप्रति देखाएको विश्वास र सहयोगको फलस्वरूप यस समष्टिभित्रको समस्या समाधानतर्फ लम्किरहेको बताए। उनले पुस्तौंदेखि धेरै व्यवस्थाहरुदेखि ओझेलमा परेको ठाउँमा जीटीए प्रमुख अनित थापाको पारदर्शिता र उदार ह्रदयको काम भइरहेको पनि बताए। राजेस चौहानले भने, यो शिलान्यास भएपछि एक वर्षभित्र निर्माण कार्य पूरा हुनुपर्छ तर घरभित्र बसेर सामाजिक सञ्जाल चलाउँदै बाटो निर्माण भएन भनेर के के लेख्नु शुरु गर्छ तर सरकारले यो बाटो निर्माणको लागि एक वर्षको समय दिएको छ। यो ठाउँ सबैको नजरमा ओझेलमा परेको थियो।‌ तर हामीले यहाँ नफल्ने नरिवल होइन फल्ने नरिवल नै फुटाएका छौँ। हामी कार्यमा विश्वास गर्छौँ‌। हाम्रो पार्टी अध्यक्ष अनित थापाले भने अनुसार कर्म नै हाम्रो सिध्दान्त हो।’

उनले मुण्डामा धेरै विकास कार्य भइरहेको पनि दावी गरे। कार्यक्रमलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय महासचिव अमर लामा लगायत अन्यले सम्बोधन गरेका थिए। यस शिलान्यास कार्यक्रमलाई क्रिताम सेञ्चुरीले सञ्चालन गरेका थिए।

About Author

Advertisement