सलोनी राई स्मृति नक्आउट फूटबलः मानेभञ्ज्यांग एफसी विजयी

IMG_20221004_002622.jpg

३ अक्टोबर: हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग एफसी-ले सजिलै जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको दोस्रो राउण्डको दोस्रो म्याचमा मानेभञ्ज्यांग एफसी-ले साइनस ९ मंगपूलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मिंगमा गुरुङ र हाङ्जुक भूटियाले २-२ गोल गरे। यसबाहेक सांगे भूटिया र टकसिर भूटियाले १-१ गोल गरे। यसरी नै साइमन ९ मंगपूको तर्फबाट साइमन लेप्चाले १ गोल गरे। टुर्नामेण्टमा अब केही दिनको ब्रेक रहेको छ। अब १० अक्टोबरको दिन खेलिने म्याचमा गैरीबास युनाईटेड र कालीझोड़ा युवा परिवारमाझ भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

Advertisement