युनाइटेड गुम्ती र एनजेएससी नयाँ बजार विजयी

photocollage_202210403130577.jpg

३ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार एउटा म्याच खेलियो। गुम्ती खेल मैदानमा भएको पहिलो म्याचमा आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबले लाटपञ्चर एफसी-लाई ६-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा शिव मन्दिर ट्रस्ट चौकी डाँड़ाको टीम समयमा नआउँदा एनजेएससी नयाँ बजारको टीमले वक्-ओभर पाएर अघिल्लो राउण्डमा स्थान बनायो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।

About Author

Advertisement