सिलगढी: अल क्रिश्चियन माईनोरिटी अर्गनाइजेशनद्वारा आज पुटुंग(खप्रेल) मा विपन्न परिवारकाहरूलाई विभिन्न खाद्यान्न सामाग्रीहरू वितरण गरिएको छ। विशेष गरी उक्त क्षेत्रमा धेरै समस्यामा परेका विपन्न परिवारहरू विषयमा पास्टर सुन्दरम मंग्रातीले अल क्रिश्चियन माईनोरिटी अर्गनाइजेशनको भाइस चेयरम्यान बेञ्जामिन आलेलाई जानकारी गराएपछि केन्द्रीय समितिमा कुरा राखेपछि आज उक्त क्षेत्रमा अल क्रिश्चियन माईनोरिटी अर्गनाइजेशनको चेयरम्यान सामूएल बागको विशेष पहल र उपस्थितिमा १० विपन्न परिवारहरूलाई खाद्यान्न सामाग्रीहरू वितरण गरिएको छ। यस वितरण कार्य विषयमा अल क्रिश्चियन माइनोरिटी अर्गनाइजेशनको भाइस चेयरम्यान बेञ्जामिन आलेले बताए अनुसार दशैंको अवसरमा विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्रीहरू वितरण गरिएको छ।

उक्त खाद्यान्न सामाग्रीहरूमा आलु, प्याज, दाल, बिस्कुट, चामल, तेल, नून आदि वितरण गरिएको छ। उनले बताए अनुसार यस वितरण कार्यमा चेयरम्यान सामूएल बाग, भाइस चेयरम्यान पास्टर बेञ्जामिन आले, उप सभापति पास्टर सुन्दरम मंग्राती, पास्टर बिनोद नौबाग, सह सचिव पास्टर श्याम प्रधान लगायत सम्पूर्ण अल क्रिश्चियन माईनोरिटी अर्गनाइजेशनको सदस्यहरू उपस्थित भएर विपन्न परिवारहरूलाई राहत वितरण गरिएको छ।









