दुर्गा पुजा मण्डपमा आगलागीमा पाँचजनाको मृत्यु

fire-in-durga-pandal_1664771396.jpeg

नायाँ दिल्ली: आइतवार राती उत्तर प्रदेशको भदोहीको औराई नरथुवामा दुर्गा पूजा पण्डालमा आगो लाग्दा मर्नेहरूको संख्या बढ़ेर पॉंच पुगेको छ। पण्डालमा आगलागी भएर मर्नेहरुमा तीन जना नाबालिग पनि सामेल छन्। लगभग ६४ जना मानिसहरु आगोको चपेटमा परेका थिए। दुर्घटनाको जॉंचको निम्ति एसआईटी गठन गरिएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले प्रशासनलाई पीड़ितहरूको हर सम्भव मद्दत गर्न निर्देश दिएका छन्।जिल्लाधिकारी गौरांग राठीले बताए अनुसार, आगोको चपेटमा परेर ज्यान गुमाउनेहरूमा अंकुश सोनी (१२), जया देवी (४५ ), नवीन (१०), आरती चौबे (४८) र हर्षवर्धन (८) सामेल छन्। आगो लाग्नुको कारण पत्तो लगाउन एसआईटी गठन गरिएको छ।

एसआईटीलाई पॉंच घण्टामा रिपोर्ट बुझाउन निर्देश दिइएको छ। आगोको चपेटमा परेर घाइते ४२ जनालाई बीएचयू ट्रमा सेन्टर कबीर चौरा र चार जनालाई प्रयागराज पठाइएको छ। १८ जनाको उपचार सूर्या ट्रमा सेन्टरमा चलिरहेको छ। पीड़ितहरूको उपचार खर्च प्रशासनले उठाउने भएको छ।घाइतेहरूलाई बीएचयू ट्रामा सेन्टर कबीर चौरा, स्वरूपरानी अस्पताल प्रयागराज, आनन्द अस्पताल गोपीगंज, सामुदायिक अस्पताल, महाराजा बलवंत सिंह, जीवनदीप र जिला अस्पताल महाराजा चेत सिंहमा भर्ती गरिएको छ। पीड़ितहरूलाई बीएचयू पठाउन ग्रीन करिडोर बनाइएको थियो।

About Author

Advertisement