फूलपाती कपः कुमार एफसी च्याम्पियन

IMG-20221003-WA0109.jpg

३ अक्टोबरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा कुमार एफसी (रोहिनी) च्याम्पियन भयो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको फाइनल म्याचमा कुमार एफसी-ले एमयूएफसी खरसाङलाई ३-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट सुशान्त थापाले २ अनि युगल तामाङले १ गोल गरे। यसरी नै एमयूएफसी-बाट अनिकेत तामाङले १ गोल गरे। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः युगल तामाङ (कुमार एफसी)
हाईएस्ट स्कोररः युगल तामाङ, १० गोल (कुमार एफसी)
प्लेयर अव् द टुर्नामेण्टः साहिल राई (एमयूएफसी)
एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टः इशान्त भुजेल, १४ वर्ष (सिमलबारी एफसी)
बेस्ट डिसीप्लीनः तपन राई (एमयूएफसी)

About Author

Advertisement