नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३,०११ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४५,९७,४९८ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ २८ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२८,७०१ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ४,३०१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४०,३२,६७१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७३℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३६,१२६ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३४,८४९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८९,५७,४८,८९५ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,७०,०३४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,१८,७७,०६,०७५ जनाले यो खोप लगाइसकेको छन्।










