जयगाउँ ग्राम पन्चायत १ र २ अलिपुरद्वारको आयोजनामा भव्य शोभायात्रा पालन

जयगाउँ: जयगाउँ ग्राम पन्चायत १ र २ अलिपुरद्वारको आयोजनामा यसपल्ट भव्य रुपमा शोभा यात्रा पालन गरियो।गोपीनोहन जयगाउँमा सबैको उपस्थितिमा समपन्न यस कार्यक्रममा सबैले नेपाली भेषभुषामा सुसज्जित थिए।नेवारी जातिको विशेष लाखे नाँच यस कार्यक्रमको मुख्य आकर्षणको केन्द्रबिन्दु रहेको थियो।दिउँसो शोभायात्रा शहर परिक्रमा गरेपछि बेलुकी सांस्कृतिक कार्यक्रम रहेको थियो।यस सांस्कृतिक कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शनी, गोर्खा सांस्कृतिक भेष भुषा प्रतियोगिता, सांस्कृतिक नृत्य प्रतियोगिता आदि समपन्न गरिएको जानकारी श्याम राईले दिएका छन्।

About Author

Advertisement