उन्नयन की पाँचालीलाई लिएर घर–घर पुगे सञ्जय टिब्रेवाल

IMG-20260209-WA0035

सिलिगुड़ी: उन्नयन की पाँचालीलाई लिएर शिलिगुड़ीको १६ नम्बर वडामा संजय टिब्रेवाल घर–घर पुगे। उनले प्रत्येक घरमा गएर स्थानीय बासिन्दाहरूको हातमा उन्नयन की पाँचाली पुस्तक प्रदान गरे। यस अवसरमा शिलिगुड़ीको १६ नम्बर वडाका सबै तृणमूल कांग्रेसका कार्यकर्ताहरू उनको साथमा उपस्थित थिए।
संजय टिब्रूवालले मुख्यमन्त्री ममता बनर्जीको निर्देशनमा घर–घर पुगेर उन्नयन की पाँचाली पुस्तक जनतासम्म पुर्‍याइरहेको जानकारी दिए। उनले थपे कि हाम्रो लक्ष्य प्रत्येक व्यक्तिको हातमा मुख्यमन्त्रीको उन्नयन की पाँचाली पुर्‍याएर उनीहरूलाई यसबारे बुझाउनु हो। त्यसपछि मात्र हामी आफ्ना प्रयासलाई सफल ठान्नेछौं।

About Author

Advertisement