२ अक्टोबरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङको जर्जियन युनाइटेड एफसी च्याम्पियन भयो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको फाइनल म्याचमा जर्जियन युनाइटेड एफसी-ले सुन्तले एफसी-लाई २-०-ले पराजित गऱ्यो।
विजेता टीमबाट सिलास लेप्चा र गणेश लिम्बुले गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
व्यक्तिगत पुरस्कारहरूमा जर्जियन युनाइटेडका गणेश लिम्बुले प्लेयर अव् द म्याच र सुन्तले एफसी-का रिशब छेत्रीले बेस्ट गोलकीपरको पुरस्कार जिते। फाइनलमा मुख्य अतिथिको रूपमा मंगपू लाब्दा समष्टिका सभासद रतन कुमार थापा उपस्थित थिए।