एउटी महिला बालिका अपहरण मामिलामा पक्राउ

IMG_20221002_162718.jpg

सिलगढी: एउटी पाँच वर्षीय बालिकालाई अपहरण गरेको मामिलामा एउटी महिलालाई मेडिकल आउटपोस्ट पुलिसले पक्राउ गरेको छ ।तालीजोत बलासन कोलनी निवासी सुमन साहनी ३७ को रूपमा पक्राउ गरिएकी महिलालाई चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि बिहारबाट एउटा परिवार चिकित्साको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा आएका थिए। यसै समयमा आरोपी महिला सुमन साहनीसित उक्त परिवारका सदस्यहरूको कुराकानीको माध्यमद्वारा चिनाजाना भयो। यसपछि सुमनले आफ्नो योजना अन्तर्गत २८ सेप्टेम्बरको दिन उक्त परिवारको ५ वर्षीय बालिकालाई बिस्कुट किनिदिने बहानाले लगेपछि तिनीहरूको कुनै पत्तो लागेन। यसको भोलिपल्ट पीडित परिवारले मेडिकल आउटपोस्टमा बालिका निखोज भएको बारेमा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका मेडिकल आउटपोस्टका प्रभारी विश्वजीत घोषले मेडिकल कलेजको कोरिडोरको सीसीटीभी फुटेजको जाँच शुरू गरे। सीसीटीभीको माध्यमद्वारा उक्त आरोपी महिलाको पहिचान गरेर गत राती सिलगढी जक्शन रेलवे स्टेशन नजिकबाट पुलिसले आरोपी महिलालाई पक्राउ गर्नको साथै उक्त बालिकालाई पनि उद्धार गरेको बताइएको छ। पक्राउ गरिएकी महिलालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी महिलाले दोस्रो विवाह गरेको छ। पहिलो लोग्नेबाट तिनको ४ वटा नानीहरू भए तापनि नानीहरू लोग्नेसितै बस्ने गर्दछन्। यसैले नानीको चाहनामा तिनले उक्त बालिकालाई अपहरण गरेको बताइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।

About Author

Advertisement