दिपावली कपः चाइल्डहूड एफसी क्वार्टर फाइनलमा

IMG_20221002_112630.jpg

२ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शनिवार नाम्चीको चाइल्डहूड एफसी-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा भएको म्याचमा चाइल्डहूड एफसी-ले सिक्किमकै फ्यूचर स्टार स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। म्याचमा नियमित ७० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि ५-५ मिनटको दुई हाफमा अतिरिक्त समय खेलाइयो। अतिरिक्त समयको खेलमा चाइल्डहूड एफसी-ले गोल गरी म्याच जित्यो। चाइल्डहूड एफसी-ले अब १० अक्टोबरको दिन खेलिने क्वार्टर फाइनलमा रेड हर्स इलाम (नेपाल)-को चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

Advertisement