राज्यमा पुरानो पेन्सन व्यवस्था लागू गर्नुपर्ने सरकारी कर्मचारीहरूले गरे माग

IMG-20221001-WA0172.jpg

गान्तोक: राज्यमा पेन्सनको पुरानो व्यवस्था नै लागु गरिनुपर्ने सरकारी कर्मचारीहरूले माग उठाएको छ। नेशनल मुभमेन्ट फर ओल्ड पेन्सन स्किम, सिक्किम च्याप्टरकी अध्यक्ष श्रीमती पेमा डोमा भोटया अनि अन्यले आज पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको पक्षमा यो माग उठान गरेकी हुन्। उनको भनाइअनुसार राज्यका कर्मचारीहरूले धेरै अघिदेखि पुरानो पेन्सन व्यवस्था नै लागु गर्नुपर्ने माग गर्दै आएका हुन्। यस विषयमा नेशनल मुभमेन्ट फर ओल्ड पेन्सन स्किम, सिक्किम च्याप्टरले पहल पनि गरिरहेको तर दुर्भाग्यवश मुख्यमन्त्री पीएस गोले समक्षय कुरा राख्ने अवसर भने आजसम्म नपाएको श्रीमती भोटियाले बताइन्।

पुरानो पेन्सल व्यवस्था फेरि फर्काउन सम्भव छैन, यो केन्द्र सरकारको विषय हो भन्ने आदि तर्कहरू ज्ञान र जानकारीको कमी हो भन्दै धेरैवटा राज्यहरूमा पुरानो पेन्सन व्यवस्था नै लागु भएको नेशनल मुभमेन्ट फर ओल्ड पेन्सन स्किम, सिक्किम च्याप्टरका अध्यक्ष योगेन तामाङले बताए। उनले जानकारी गराएअनुसार छिमेकी पश्चिम बङ्गाल राज्यले नयाँ पेन्सन नीति लागु नै गरेन भने राजस्थान, छत्तीसगढ़, झारखण्ड आदि राज्यले नयाँ पेन्सन नीति हटाएर पुरानो नीति नै लागु गरेको छ। यसरी नै पञ्जाब र आन्ध्रप्रदेशले पनि नयाँ नीति लागु गर्ने कर्मचारीहरूलाई आश्वासन दिएको पनि उनले थप बताए। यसैले राज्य सरकारले चाहेको खण्डमा पुरानो पेन्सन व्यवस्था लागु गर्न सकिने बताउँदै केवल पुरानो पेन्सन व्यवस्थाले मात्र कर्मचारीहरूको भविष्य सुनिश्चित हुने तामाङले बताए।

एकातिर कर्मचारीहरूले आफूहरूमाथि दबाउ बनाउने गरेको अर्कोतिर अनेक कोशिश गर्दा पनि मुख्यमन्त्रीसित भेट्ने अवसर नपाएको अध्यक्ष श्रीमती पेमा डोमा भोटियाले बताइन्। मुख्यमन्त्रीले मौखिक रुपमा भने आश्वासन दिएको तर भेटेर नै कुरा गरे मात्र समस्याको समाधान हुने उनको भनाइ रहेको छ। धेरैपल्ट प्रयास गर्दा पनि मुख्यमन्त्रीसित भेट्ने अवसर नमिल्दा केही दिन अघि मनन केन्द्रमा एउटा कार्यक्रमबीच नै आफूहरूले लिखित ज्ञापन बुझाएको पनि उनले थप बताइन्। श्रीमती भोटियाले पत्रकार सम्मेलन मार्फत नै मुख्यमन्त्री गोलेलाई सम्पूर्ण कर्मचारीहरूको हितमा पुरानो पेन्सन व्यवस्था लागु गर्ने विषयमा सकरात्मक पहल गरिदिने अनुरोध पनि गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *