पाकिममा एक दिवसीय रक्तदान शिविर आयोजित

IMG-20221001-WA0173.jpg

गान्तोक: सिङताम अस्पतालको व्लड ब्याङ्क र ब्लड ट्रान्सफ्यूजन सर्विसको सहयोगमा जिल्लास्तरीय राष्ट्रीय भेलेन्ट्री व्लड डोनेसन डे –अवसरमा एक दिवसीय रक्तदान शिविर आयोजना गरिय। पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक दिवसीय रक्तदान शिविरमा कूल ६० यूनिट रक्त सञ्चय गरिएको जानकारी गराएको छ। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको निर्देशमा आयोजना गरिएको रक्तदान शिविरमा जिल्ला प्रशासनका अधिकारीवर्गले पनि सहभागिता जनाएका थिए। यसका साथै नेशनल डिजास्टर रिस्पोन्स फोर्सका सदस्यहरूले पनि रक्तदान गरे। उक्त अवसरमा पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, महकुमा अधिकारी थेन्डुप लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement