गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सामाजिक संजाल मार्फत एसकेएम पार्टीमा सामेल हुन निर्णय लिने एसडीएफ र क्यापका नेता र सदस्यहरूलाई हार्दिक स्वागत जनाए।
मुख्यमन्त्रीले उनिहरूको यो निर्णय साझा दृष्टिकोणमा विश्वासयोग्य र सिक्किम राज्यको शासन तथा विकासमा रचनात्मक रूपमा योगदान पुर्याउने प्रतिबद्धताको प्रतिबिम्ब हो भने।
मुख्यमन्त्रीले संजालमा उल्लेख गरे अनुसार उनिहरूले लिएर आएका अनुभव, दृष्टिकोण र क्षमता मान्य गरिनेछ र उनिहरूको सहभागिताले सिक्किम सरकारको नीतिगत निर्माण र सार्वजनिक सेवामा सामूहिक प्रयासलाई अझ सुदृढ बनाउने विश्वास गरिनेछ। उनले सहकार्य, पारस्परिक सम्मान र राज्यको प्रगति तथा स्थिरताप्रति प्रतिबद्धताको भावनामा सरकारसँगै अघि बढ्न आव्हान गरे। अन्तमा संजाल मार्फत फेरि एकपटक मुख्यमन्त्रीले शासक पार्टीमा उनिहरूलाई हार्दिक स्वागत जनाए।









