स्रष्टा पास्टर अनिल राई ‘क्षितिज’ लाई सम्मान

IMG-20260204-WA0098

खरसाङ: साहित्यकार एवं पास्टर अनिल राई ‘क्षितिज’ लाई हेप्जिवाह चेलापान तालिम केन्द्रको तर्फबाट सम्मान जनाइएको छ।‌ गत केही समय अघि खरसाङ महकुमा अन्तर्गत सिटोङको नगर चर्चमा युवाहरुलाई लिएर हेप्जिवाह चेलापन नामक बाइबल तालिम सम्पन्न भएको थियो। उक्त बाईबल तालिमको दिक्षान्त समारोहको दिन बगर चर्चका पास्टर तथा साहित्यकार अनिल राई ‘क्षितिज’ लाई उनले साहित्यमा दिएको योगदानको लागि सम्मान जनाइएको छ। पास्टर अनिल राई ‘क्षितिज’ ले सिटोङ क्रिश्चियन संयुक्त मण्डलीको तर्फबाट ‘तप्कना’ नामक इसाई पत्रिका २००८ देखि निरन्तर रुपमा सम्पादन गर्दै आएका छन्।‌ उनको कृतिहरुमा कथा संग्रह ‘थुङ्गाहरु’ प्रकाशित छन् भने इसाई अगुवाहरु र साहित्यकारहरुको जीवनीलाई लिएर लिखित पुस्तक ‘केही आशिषमय जीवनीहरु’ पनि प्रकाशित छन्। उनले साहित्यमा दिएको योगदानलाई कदर गर्दै हेप्जिवाहको तर्फबाट खदार्पणसहित सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ।‌ उनलाई हेप्जिवाहको तर्फबाट संस्थापक पास्टर राजेन राई र अध्यक्ष एल्डर जोनाथन शेर्पाको बाहुलीबाट सम्मान जनाइएको छ।

About Author

Advertisement