खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको विभिन्न वार्डहरुमा पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधानमार्फत् विभिन्न विकासका कार्यहरु भईरहेका छन्। यस अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको खरे बस्ती, गोथल्स साईडिङ क्षेत्रमा ‘हाम्रो गाउँ हाम्रो समाधान’ योजनाको १० लाख रुपियाँ बराबरको विकासका कार्य धमाधम शुरू भईरहेको छ। यस अन्तर्गत यी क्षेत्रहरूमा सोलर लाइट लगाउने र अन्य विभिन्न विकासका कार्यहरु भइरहेको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङ, पञ्चायत सदस्य अनि गाउँका मानिसहरूले मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीएको प्रमुख कार्यपाल अनित थापालाई विशेष धन्यवाद दिएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङले हाम्रो गाउँ हाम्रो समाधानमार्फत् सन्त मेरिज ग्राम पञ्चायत दुईको गोथल्स साईडिङ, खहरे क्षेत्रमा विकास कार्य अन्तर्गत सोलर लाइट लगाउने कार्य भईरहेको बताए। उनले पहाडमा धेरै वर्षदेखि थाँतीमा रहेको विकासका कार्यहरु पञ्चायत व्यवस्था भएपछि अहिले भईरहेको बताउँदै विशेष गरेर अनित थापा सत्तामा आएपछि पञ्चायत व्यवस्था फर्काई ल्याएर हरेक गाउँ ठाउँमा विकासका कार्यहरु भईरहेको बताए। उनले हाम्रो गाउँ हाम्रो समाधानमार्फत् अहिलेसम्म २४ देखि २७ वटा जति सोलर लाइट लगाउने कार्य भईसकेको बताएका छन्।










