भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २९ नम्बर समष्टिकोे सांगठनिक सभा सम्पन्न

IMG-20260204-WA0103

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे खरसाङ महकुमा कार्यालयमा २९ नम्बर खरसाङ गिद्द पहाड समष्टिलाई लिएर सभा सम्पन्न भयाे। २९ नम्बर समष्टिको अध्यक्ष प्रेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको सभालाई खरसाङ गिद्द पहाड़ समष्टिका महासचिव भक्तिमान तामाङले गर्दै आगामी विधानसभा चुनावमा बहुमतले जीत हाँसिल गर्न हेतु सर सलाह कोे निम्ति राखिएको बताएका छन्। उनले सभामा उपस्थित नेत्तृत्वहरु समक्ष सांगठनिक जानकारी दिँदै केन्द्रीय अध्यक्ष अनित थापाकोे आगामी १४ फरवरीकोे दिन २९ नम्बर समष्टि भ्रमण गर्ने निर्देश प्राप्त भएको छ र उनकाे भ्रमण अवधि सबैलाई एक परिवार भएर कार्य गरिदिने अपिल गरे। वक्तव्य राख्ने क्रममा गिद्द पहाड़ ब्लक कमिटीका सचिव समिर तामाङले सभालाई सम्वोधन गरे भने खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले आफ्नो वक्तव्यमा खरसाङ टाउन कमिटीले वार्ड नम्बर एकदेखि बीससम्ममा लगातार कार्य गरिरहेको र यस वर्षको विधानसभा चुनाव २०२६ मा केन्द्र समितिद्वारा छनाैट गरिदिएको उम्मेदवारलाई राजनैतिक धर्मको पालन गर्दै बहुमतमा जीत दिलाउनकोे निम्ति कार्य गर्ने वचनबद्धता व्यक्त गरेका छन्। उनले २९ नम्बर समष्टिमा खरसाङ नगरपालिका अन्तर्गत पर्ने ११ देखि २० नम्बर वार्डसम्मकाे वार्ड पर्छ र सभामा २९ नम्बर समष्टिद्वारा टाउन कमिटीकोे सांगठनिक कार्यलाई मूल्यांकन गरिदिएकोमा सम्पूर्ण टाउन कमिटीकोे तर्फ धन्यवाद दिए। सभामा खरसाङ महकुमा नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले यसपालीको विधानसभा चुनाव लिएर सबै एकजुट हुने समय भन्दै आन्ततरिक मन मुटावलाई पछि छोडेर सबैले आफ्नो सांगठनिक कर्तव्यकाे पालन गरिदिने आग्रह गर्दै आगामी विधानसभा चुनावमा भारी मतले जीतकोे निम्ति अग्रिम बधाई अनि शुभकामना उपस्थित नेत्तृत्वहरूलाई दिइन्। सभामा टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले गिद्दे पहाड़ २९ नम्बर समष्टि पूर्ण रूपमा आगामी चुनावमा जीत हाँसिल गर्नकोे निम्ति तयार छ किनभने २९ नम्बर समष्टिको प्रत्येक नेतृत्वले सबैलाई बटुलेर अगाडी कार्य गर्ने गर्छ। आज सम्पूर्ण पहाड़मा विकास भएको श्रेय अनित थापालाई जान्छ भने आजको दिनमा सबैले मान सम्मान पाएको छ। त्यसको श्रेय पनि अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई जान्छ भन्दै खरसाङ टाउन कमिटी युवा शक्तिको कार्यवाहक अध्यक्षकोे नाताले २८ अनि २९ नम्बर समष्टिको सम्पूर्ण युवा शक्तिलाई एक जुट भएर आगामी विधानसभा चुनाव भारी मतले जिताउने आग्रह गरे। सभामा 29 नम्बर गिद्द पहाड़ समष्टिका अध्यक्ष सोनु राईले संगठनलाई अझै सुदृढ बनाउनको निम्ति सांगठनिक सुझाव राखे। केन्द्रीय समिति सदस्य तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोनले पहाड़काे राजनैतिक पार्टीहरुले प्रत्येक चुनावकाे चुनावी घोषणा पत्रमा छुट्टै राज्य लेखेर दिगभ्रमित गर्छ तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो घोषणा पत्रमा विकासकोे कुरा राखेकाे हुन्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सदैव नै विकासमाथि विश्वास गर्छ र वर्त्तमानमा पनि राज्य सरकारसंग मिलेर लगातार कार्य गरिरहेको छ। पहाड़कोे अन्य राजनैतिक पार्टीकाे प्रत्येक चुनावमा पटक पटक चुनाव चिन्ह बदलिने गर्छ तर भागोप्रमो चार वर्ष पूरा भईसक्दा पनि प्रत्येक चुनावमा दुईवटा ममबत्तीकोे चुनाव चिन्ह नै छ। हामीसंग जीटीए, पञ्चायत अनि नगरपालिका छ र हाम्रो जीत निश्चित छ भन्दै ठोकुवा गरे। अन्त्यमा सभाध्यक्ष प्रेमेन्द्र गुरुङले पहाड़का एक मात्र नेता अनित थापाले समाजका गुण – अगुण, राम्राे नराम्रो सबै मानिसलाई अंगालेर राखेकाेले गर्दा नै आज हामी उनको निर्देशलाई सिरोपर गरेर काम गरिरहेका छौं। अनित थापा जस्तो नेता पहाड़मा हुनु सौभाग्यकाे कुरा हो। आज यदि सम्पूर्ण पहाड़मा शान्ति छ, नानीहरु पढ्नु पाईरहेको छ। सबैले स्वतन्त्रतासँग बोल्नु र कार्य गर्नु पाईरहेको छ। आगामी चुनावमा जीत मात्रै होइन भारी अन्तरमा जीतकोे निम्ति आगामी १४ फरवरीकोे दिन २९ नम्बर समष्टिलाई लिएर रणनीति तयारी गर्नुको निम्ति राखिएको सभामा भारी मात्रा समर्थकहरुलाई अघि ल्याउन हेतु सबैले कार्य गरिदिने आग्रह गरे। उनले वर्त्तमानमा माध्यमिक परीक्षालाई ध्यानमा राखेर कुनै पनि परीक्षार्थीहरुलाई असुविधा नगरी कार्य गरिदिने पनि निवेदन गरे। सभामा २९ नम्बर समष्टिका प्यारेन्ट्स, बडी नारी शक्ति युवा शक्ति, ट्रेड युनियन लगायत खरसाङ टाउन कमिटी का नेतृत्व गण सदस्य गण उपस्थित थिए।

About Author

Advertisement