गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले विश्वभर रहेका तामाङ समुदायलाई पवित्र पर्व सोनाम ल्होछारको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको प्रारम्भको प्रतीकका रूपमा मनाइने यस पर्वले गहिरो सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको उनले उल्लेख गरेका छन्।
आज जारी शुभकामना सन्देशमा चामलिङले सोनाम ल्होछारलाई नविकरण, नयाँ सुरुवात र आपसी एकताको उत्सवका रूपमा व्याख्या गरेका छन्। “यस पर्वले सिक्किमलाई परिभाषित गर्ने शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र विविधतामा एकता जस्ता मूल्यहरूको स्मरण गराउँछ,” सन्देशमा भनिएको छ। साथै, सामूहिक पहिचान निर्माणमा योगदान पुर्याउने सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको आवश्यकतामाथि पनि उनले जोड दिएका छन्।
एसडीएफ सरकारको नेतृत्वकालमा तामाङ समुदायका लागि गरिएका ऐतिहासिक पहलहरूको स्मरण गर्दै चामलिङले सन् १९९५ मा तामाङ भाषालाई राज्य भाषाको मान्यता प्रदान गरिएको, १९९६ मा सोनाम ल्होछारलाई राजपत्रित सार्वजनिक बिदा घोषणा गरिएको जानकारी गराए। त्यस्तै, केन्द्रिय ओबीसी दर्जा दिलाइएको र सन् २००३ मा तामाङ समुदायलाई ट्राइबलको मान्यता प्राप्त गराइएको उल्लेख गरेका छन्।

शुभकामना सन्देशको अन्त्यमा एसडीएफ अध्यक्ष चामलिङले सिक्किमका संरक्षक देवतासँग भूमि र जनतालाई शान्ति, सुरक्षा र समृद्धिको आशीर्वाद निरन्तर प्राप्त होस् भनी प्रार्थना गरेका छन्। नयाँ वर्षले प्रत्येक परिवारमा सुख, स्वास्थ्य र सफलताको वर्षा गरोस् र सिक्किमभरि सद्भाव तथा प्रगतिका भावना अझ सुदृढ बनून् भन्ने कामना उनले व्यक्त गरेका










